ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

किन वर सर्‍यो नीताको ‘ह्रस्व दीर्घ’ ?

फिल्मको रिलिज हेरफेर हुनु सामान्य भैसकेको छ । निर्माताले विभिन्न पक्षलाई मध्यनजर गर्दै रिलिज सारिरहेका हुन्छन् । आगामी असोज ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘ह्रस्व दीर्घ’को पनि रिलिज फेरबदल भएको छ । अब यो फिल्म एक हप्ता अगाडि सर्दै असोज ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माता नीता ढुंगानाले फिल्मलाई एक हप्ता अगाडि सार्नुको पछाडि दुईवटा कारण मानिएको छ । पहिलो, असोज ११ गते आउँदा दोस्रो हप्तादेखि दशैंका दुई ठूलो फिल्म ‘छक्का पञ्जा ४’ र ‘बेहुली फ्रम मेघौली’ले असर गर्न सक्थ्यो । दोस्रो, असोज ३ मा आउँदा संविधान दिवस र असोज ९ गते जितिया पर्वको गरी दुईवटा विदा पर्छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । यसमा मित्र डि गुरुङको सम्पादन छ भने गीतमा रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।


प्रकाशित : २०८१ जेष्ठ २०, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप