ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

एक्जिट पोलको विश्वास नगर्न भारतीय कांग्रेसको आह्वान

नयाँ दिल्ली । भारतीय टेलिभिजन च्यानलहरूबाट विभिन्न संस्थामार्फत आइरहेको एक्जिट पोल बिजेपी र नरेन्द्र मोदीको व्यवस्थापनमा भइरहेको भन्दै विपक्षी गठबन्धनले एक्जिट पोलको दाबीलाई खण्डन गरेको छ । भारतीय कांग्रेस पार्टीका महासचिव जयराम रमेशले एएनआइसँग कुरा गर्दै परिणाम जमिन र आकाशको फरक आउने भन्दै एक्जिट पोलको व्यवस्थापन मोदीले गरेको आरोप लगाएका छन् ।

इण्डिया गठबन्धनको मनोबल गिराउने र परिणाम तलमाथि पार्ने योजनाअनुरूप एक्जिट पोलको नाटक गरिएको भन्दै उनले विपक्षी गठबन्धनले कम्तीमा २९४ सीट जित्ने दाबी गरेका छन् । ४ सीटमा चुनाव भएका राज्यमा एक्जिट पोलले बिजेपीलाई ६ सीट दिएको भन्दै यस्ता हावादारी पोलको विश्वास नगर्न आह्वान गरेका छन् ।

एक्जिट पोललाई कठपुतली भन्दै उनले यसको मास्टर नरेन्द्र मोदी र अमित शाह रहेको बताए । उनले मतगणनाको २ दिनअघि सरकारी संयन्त्रलाई दबाबमा राख्न केन्द्रीय गृहमन्त्री अमित शाहले डेढ सय जिल्ला अधिकारी र कलेक्टरलाई फोन गरेकोमा समेत आपत्ति जनाएका छन् ।

एनले निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । निर्वाचन आयोगमा गएर आज आपत्ति जनाउने कार्यक्रम समेत उनले सुनाएका छन् ।


प्रकाशित : २०८१ जेष्ठ २०, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप