ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न हिजो प्रतिनिधि सभाको बैठकले ७ सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै समितिको माग गर्दै सदन निरन्तर अवरोध गरेपछि सरकारले बाध्य भएर समिति गठन गरेको हो । हिजो समिति गठन भए पनि अब सभामुखसँग छलफलपछि मात्रै समितिको कामकारबाही अघि बढ्ने समितिका संयोजक सूर्य थापाले बताए ।

उनले भने, ‘हिजो समिति गठन भयो। अब कसरी काम थाल्ने भन्नेबारे छलफल अब सभामुखसँग छलफल गरेर अगाडि बढ्छ। अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।’ कार्यदलका सदस्य तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पनि अहिलेसम्म समितिले कुनै काम नथालेको बताए । उनले भने, ‘हाम्रो मागअनुसार समिति बनिसकेको छ । समितिले कसरी काम थाल्ने भन्ने अब संयोजकले बैठक राख्नुहुन्छ होला। तर, अहिलेसम्म कुनै जानकारी आएको छैन ।
’ कार्यादेश अनुसार समितिले काम गर्ने भएकाले निष्पक्ष छानबिन गरेर समितिले प्रतिवेदन बुझाउने उनले दाबी गरे । समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ । कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ । जसमा गृहमन्त्री संलग्न भएको ९ सहकारीलाई बेग्लै अनुसूचीमा राखिएको छ । समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिएको छ ।|


प्रकाशित : २०८१ जेष्ठ १६, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप