ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेपालले टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने बंगलादेश अमेरिकासँग स्तब्ध

काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको बंगलादेश मङ्गलवार एसोसिएट टोली अमेरिकासँग ५ विकेटले स्तब्ध भएको छ ।घरेलु मैदानमा अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको थियो ।

बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५३ रन जोड्यो ।बंगलादेशका तोहिद हृदोयले सर्वाधिक ५८ रन जोडे। महमदुल्लाहले ३१ र सोम्य सर्कारले २० रन बनाएका थिए । कप्तान नाजमुल होसेन सान्टोले ३ र पूर्व कप्तान सकिब अल हसनले ६ रन बनाएका थिए । अमेरिकाका लागि स्टेभन टेलरले ३ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए ।

अमेरिकाले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । उसका लागि कोरी एन्डर्सनले ३४, हर्मित सिंहले ३३, स्टेभन टेलरले २८ र आन्द्रेस गौसले २३ रन जोडे । एन्डर्सन र सिंहबीच छैटौँ विकेटका लागि ६२ रनको साझेदारी भएको थियो ।

एन्डर्सन न्युजिल्यान्डका पूर्व खेलाडी हुन् । उनी अब अमेरिकाबाट खेल्न लागेका हुन् । बंगलादेशले जुन १ बाट सुरु हुने विश्वकपमा नेपालसहित श्रीलंका, नेदरल्यान्ड्स र दक्षिण अफ्रिकासँग पहिलो चरण खेल्दै छ ।


प्रकाशित : २०८१ जेष्ठ ९, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप