ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

बलिउड सेलिब्रेटीमा बढ्दैछ पर्सनालिटी राइट्सको चिन्ता

बलिउड सेलिब्रेटीहरुमा ‘पर्सनालिटी राइट्स’ (व्यक्तित्व अधिकार)को चिन्ता बढ्दो देखिएको छ । त्यसका लागि उनीहरुले कानुनी बाटो रोज्न थालेका छन् । दुई वर्षअघि अभिनेता अमिताभ बच्चनले आफ्नो अनुमतिबिना व्यावसायिक लाभका लागि आवाज, तस्वीर र चालढाल प्रयोग भएको भन्दै अदालतमा मुद्धा हालेका थिए ।

सोसल मिडिया (फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि), एआई र जीआईएफ तथा मीम बनाउने प्लेटफर्ममा आफ्नो आवाज र नामलाई बिना अनुमति प्रयोग गरिएको भन्दै ज्याकीले कानुनी बाटो रोजेका हुन् । उनको आवाज र हाउभाउमा विभिन्न टीभी शोहरुमा समेत कलाकारहरुले हँसाउने उद्देश्यले प्रस्तुति दिने गरेका छन् ।

दिल्ली उच्च अदालतले अमिताभ र अनिलको पक्षमा फैसला गर्दै उनीहरुको अनुमतिबिना आवाज, तस्वीर र चालढाल प्रयोग नगर्न आदेश दिएको थियो । यस्तैमा अर्का बलिउड अभिनेता ज्याकी श्राफले पनि आफ्नो व्यक्तिगत पहिचान बचाउन अदालतको ढोका ढकढकाएका छन् ।

भारतीय कानुनमा पर्सनालिटी राइट्सको सुरक्षालाई लिएर प्रष्ट रुपमा उल्लेख छैन । तर, पछिल्लो समय भारतमा यस्तो मामला धेरै आइरहेका छन् । व्यावसायिक लाभका लागि चर्चित कलाकारको आवाज, तस्वीर तथा शारीरिक हाउभाउ प्रयोग गरेर ‘डीपफेक’ सामाग्री तथा ‘मिस्लीडिङ कन्टेन्ट’ बनाउने क्रम बढेको छ । यो अहिले भारतीय कलाकारहरुका लागि चिन्ताको विषय बनेको छ ।


प्रकाशित : २०८१ जेष्ठ ४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप