ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘पूजार सार्की’मा काम गरेपछि परीक्षाको अनुभव- ‘अन्तरजातीय प्रेम गाह्रो हुने रैछ’

अभिनयको हिसाबले अभिनेत्री परीक्षा लिम्बूको तेस्रो फिल्म हो, ‘पूजार सार्की’ । यसअघि उनले ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा काम गरेकी थिइन् ।अब ‘पूजार सार्की’बाट उनलाई ठूलो अपेक्षा छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि उनी दर्शक र फिल्मकर्मीहरुको नजरमा परेकी छन् । उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । यो फिल्ममा उनी अडिसनबाट छानिएकी हुन् । निर्माण टिमले ‘मंगोलियन लुक्स’की युवती खोजिरहेको जानकारी पाएपछि उनले एउटा भिडियो पठाएकी रहेछिन् ।

उनी प्रदीपबाट आफूले धेरै कुरा सिक्न पाएको पनि अनुभव सुनाउँछिन् । ‘मैले प्रदीपजीबाट धेरै कुरा पाएँ । उहाँ कसरी काम हुन्छ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने कुरा नजिकबाट थाहा पाएँ । व्यक्तिगत रुपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, उनले भनिन् । फिल्ममा आर्यन सिग्देल र पल शाह पनि मुख्य भूमिकामा छन् ।

परीक्षा भन्छिन्, ‘उहाँहरु कसरी काम गर्नुहुन्छ र मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ भन्ने कौतुहलता र मनमा डर थियो । तर, उहाँहरुलाई भेटिसकेपछि त्यो सबै हरायो । उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो ।’ फिल्ममा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेमकथा भनिएको छ । यसमा काम गर्दा अन्तरजातीय प्रेम एकदमै गाह्रो हुने रहेछ भन्ने आफूले अनुभव गरेको उनको भनाई छ ।

उनी अभिनयलाई ‘भोक’सँग तुलना गर्छिन् । भोक लाग्दा पाएको स्वादिष्ट खानेकुराको रुपमा उनी ‘पूजार सार्की’लाई अर्थ्याउँछिन् । ‘भोक लागेको बेला जे खाए पनि मिठो हुन्छ । मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो । ‘पूजार सार्की’को हकमा भोक लागेको बेला निकै मीठो खानेकुरा खान पाएजस्तै भयो,’ परीक्षा ‘जारी’ र ‘छक्का पञ्जा’बाट पनि धेरै कुरा सिक्न पाएकोमा खुसी देखिन्छिन् ।

‘फिल्ममा म मगर समुदायबाट प्रतिनिधित्व गर्छु । हाम्रो समाजमा अझै पनि जातीय हिसाबले हेरिन्छ । त्यो हेराइले उहाँहरुलाई मात्र नभइ उहाँहरुसँग जोडिएका सबै मान्छेहरुलाई गाह्रो हुन्छ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रैछ’, परीक्षा अनुभव सुनाउँदै भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो फिल्मको चरित्र भएर महसुस गरेँ । वास्तविक जीवनमा भने यो महसुस गर्न पाएको छैन ।’

उनलाई ‘पूजार सार्की’ आफ्नो उमेरका धेरै दर्शक हेर्नुपर्छ भन्ने लाग्छ । ‘पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो । अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलि समय लाग्छ, तर सानैदेखि जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ । अब जातीय विभेद हटाउनुपर्छ भन्ने फिल्मले सन्देश दिन्छ,’ परीक्षा सुनिइन् ।

यही जेठ १० गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । यो फिल्ममा परीक्षासँगै मुख्य अभिनेत्रीमा अञ्जना बराइली पनि छिन् । विकास सुवेदीको लेखन तथा संगीतकार सुभाष भुषालको निर्माण रहेको फिल्ममा मोहन निरौला, प्रेम सुब्बा, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली आदिको पनि अभिनय छ ।


प्रकाशित : २०८१ जेष्ठ ४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप