ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

सन्दीपको मुद्दामा फैसला पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा आज सुनवाइ हुँदैछ । यदि आजको सुनवाइ पनि स्थगित नभएको खण्डमा एक–दुई दिनमै फैसला आउन सक्छ । एक नम्बरमै पालो भएकाले ‘हेर्न नभ्याइने’ मा पर्ने सम्भावना छैन । तर, न्यायाधीसले अरु कुनै बहानामा सुनवाइ टार्न सक्ने आशंकामा सन्दीपका वकिलहरु छन् ।

यदि आज सुनवाइ सुरु भएर सन्दीपको पक्षमा फैसला आयो भने उनी टि २० विश्वकप खेल्ने बाटो खुल्न सक्छ । नेपाल क्रिकेट संघ ९क्यान० उच्चबाट सन्दीपले सफाइ पाउने प्रतिक्षामा रहेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले समयमै फैसला आएर सन्दीप निर्दोष ठहरिए विश्वकपमा लैजाने बताइरहेका छन् ।

आज सुनवाइ सुरु भएमा आजै फैसला हुन पनि सक्छ । यदि बहस लम्बियो भने न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलि फेरि बहस सुचारु गर्नेछन् । जसले सुनवाइ सुरु गर्यो त्यही न्यायाधीसले फैसला गर्नुपर्ने हुन्छ ।

जिल्ला अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । सन्दीपका वकिलहरु मुद्दा लम्ब्याउने पक्षमा छैनन् । गौशाला २६ का वकिलहरु भने विश्वकपपछिसम्म मुद्दालाई धकेल्ने रणनीतिमा रहेका छन् ।


प्रकाशित : २०८१ जेष्ठ १, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप