ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

घोडसवारी सिक्दै धीरज र उपासना

गत वर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीका लागि सुखद् रहेन । धीरजको ‘ज्याकी’ र ‘एक भगवत् एक गीता’ असफल भए । उपासनाको भने ‘हात्तीछाप’ चलेन । यसैले दुवैलाई यतिबेला सफल फिल्म चाहिएको छ । र, उनीहरु पहिलोपटक फिल्म ‘खुस्मा’मा एकसाथ देखिँदैछन् ।

यतिबेला उनीहरु फिल्मको छायांकनका लागि पूर्वी रुकुममा पर्ने दुर्गम पहाडी क्षेत्र मैकोट पुगेका छन् । केही दिन अगाडि उनीसहित फिल्मको टिम उनको जन्मघर तकसेरा पुगेको थियो । त्यहाँ उनीहरुलाई स्थानीयले मगर संस्कृतिअनुसार स्वागत गरेका थिए । त्यसपछि तकसेराबाट पैदल यात्रा गरेर फिल्मको टिम छायांकनका लागि मैकोट पुगेको हो ।

अहिले त्यस गाउँमा धीरज र उपासनाले घोडसवारी सिकिरहेका छन् । सोमबार उपसनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा घोडा सिक्न अभ्यास गरेको भिडियो सेअर गरेकी छन् । ‘खुस्मा’ पनि दुर्गम क्षेत्रको प्रेमकथामा आधारित भएर बन्न लागेकाले धीरज र उपासनाले कथाको मागअनुसार नै घोडा चढ्न सिकेको जनाइएको छ ।

अशोक थापा मगरले निर्देशन सम्हालेको फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु), अरुण मगर पनि मुख्य भूमिकामा छन् । धीरजलाई जतिसक्दो चाँडो ‘खुस्मा’को छायांकन भ्याउनुपर्ने दबाब छ । किनभने उनले सम्झौता गरेको अर्को फिल्म ‘रुमानी रङ्ग’को टिम छायांकनमा निस्कने तयारीमा जुटिसकेको छ । उपासनाले भने ‘खुस्मा’बाहेक अरु कुनै फिल्म सम्झौता गरेकी छैनन् ।


प्रकाशित : २०८१ बैशाख ११, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप