ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

फिल्ममा दिव्य देवको बढ्दो व्यस्तता

अभिनेता दिव्य देव रंगमञ्चका उत्पादन हुन् । फिल्ममा भने ‘चिसो एस्ट्रे’बाट उनले डेब्यू गरे । यद्यपि, अभिनयको हिसाबले उनको पहिलो फिल्म ‘रुदाने’ हो, जुन वर्षौंदेखि अड्किएर बसेको छ । सशक्त अभिनय क्षमता र बोल्ड आवाजका कारण यतिबेला उनको नाटकभन्दा फिल्ममा व्यस्तता बढेको छ ।

यसैबीच, दिव्य फिल्म ‘बलिदान’मा जोडिएका छन् । शनिवार निर्देशक तथा निर्माता सन्तोष सेनले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनले प्रमुख भूमिकामध्ये एकमा अभिनय गर्ने सेनले जानकारी गराए । फिल्मको एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउनुहुन्छ,’ उनले भने ।

‘बलिदान’बाट सुपरस्टार विराज भट्टका छोरा समीर भट्टले डेब्यू गर्दैछन् । अभिनेताद्वय सौगात मल्ल, अर्पण थापा र अभिनेत्री ऋचा शर्मा पनि फिल्ममा अनुबन्ध भइसकेका छन् । यस वर्षको दशैंको फूलपातीमा रिलिजको तयारी गरिएको फिल्मको यतिबेला पूर्वको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यही बैशाख अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक सेन छन् ।

‘चिसो एस्ट्रे’सहित ‘हिजो आजका कुरा’, ‘द सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ जस्ता फिल्ममा काम गरिसकेका दिव्यले हालै ‘मेयर’को छायांकन सकाएका छन् । ‘महाजात्रा’बाट पहिलोपटक व्यावसायिक सफलता प्राप्त गरेका उनले ‘बलिदान’पछि ‘पिताम्बर’मा काम गर्नेछन् । यसरी हेर्दा उनको करिअरले राम्रो रफ्तार समातिरहेको देखिन्छ । उनी प्रतिष्ठित मेकरहरुको रोजाईमा परिरहेका छन् ।


प्रकाशित : २०८१ बैशाख १०, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप