ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

पूजा र पलको सम्बन्ध : कहिले आगो , कहिले पानी

नेपालीमा एउटा उखान छ, ‘बुढाबुढीको झगडा परालको आगो । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सम्बन्ध पनि यो उखानको अर्थजस्तै छ ।  पलले जेल जीवन विताइरहँदा उनको पक्षमा पूजा खुलेरै देखिएकी थिइन् । पल जेलमुक्त भएपछि दुवैबीच लामो समय बोलचालै भएन ।

पललाई चिढ्याउन पूजा गायिका समीक्षा अधिकारीसँग समेत नजिकिएकी थिइन् । यसले उनीहरुबीच झनै दूरी बढाउने काम गर्‍यो । तर, अहिले यो जोडी फेरि घनिष्ट बनिसकेको छ । फिल्म ‘रावायण’मा काम गर्नका लागि दुवैले चिसो सम्बन्धलाई न्यानो बनाएका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ रिलिज भइरहँदा पल जेलमा थिए । त्यसबेला उनको तस्वीर अंकित टिसर्ट लगाएर पूजा हल-हलमा पुगेकी थिइन् ।  तर, जब पल बाहिर निस्किए, त्यसपछि दुवैबीच बोलचाल बन्द भयो । गत वर्ष सिने सर्कल अवार्डमा एकसाथ अवार्ड थाप्न स्टेज चढ्दा पनि दुवै अपरिचितझैँ देखिएका थिए । एकअर्काको अनुहार समेत हेरेनन् ।

‘म यस्तो गीत गाउँछु’को दुई श्रृंखलामा काम गरेका उनीहरु दर्शकले रुचाएका जोडी हुन् । र, दुवै एकअर्काका लागि ‘लक्की’ पनि मानिन्छन् । यसैले फुट्नुभन्दा जुट्नु राम्रो हो । पूजाको पलसँग मात्र होइन, अभिनेता प्रदीप खड्कासँग पनि सम्बन्ध सुध्रिसकेको छ । ‘रावायण’पछि उनीहरुले सुदर्शनको नयाँ फिल्ममा काम गर्दैछन् । यसरी हेर्दा पूजा सम्बन्ध सुधारको अभियानमा देखिएकी छन् ।


प्रकाशित : २०८१ बैशाख १०, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप