ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

म्याक्सवेलले लिए आइपीएलबाट अनिश्चितकालीन विश्राम

काठमाडौं । अष्ट्रेलियन सुपरस्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेलले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) बाट अनिश्चित समयका लागि विश्राम लिएका छन् । उनी आइपीएलमा खराब फर्मबाट गुज्रिरहेका थिए ।

आइपीएल २०२४ मा म्याक्सवेल रन बनाउन संघर्ष गरिरहेका थिए । उनले ६ वटा म्याच खेल्दा ५.३३ को दयनीय औसतमा ३२ रन मात्रै जोडेका छन् । हिजो उनले आफ्नो बुढी औंलामा लागेको चोटका कारण हैदरावादविरुद्ध नखेलेको अनुमान थियो । तर, यथार्थ त्यस्तो थिएन ।

म्याक्सवेललाई उद्धृत गर्दै क्रिकइन्फोले लेखेको छ, ‘व्यक्तिगतरुपमा मलाई यो एउटा सरल निर्णय थियो । मलाई मानसिक र शारीरिक विश्राम चाहिएको महसुस भइरहेको छ ताकि म आफ्नो शरीरलाई दुरुस्त बनाउन सकूँ । यदि टुर्नामेन्टकै बीचमा मेरो आवश्यकता पर्‍यो भने बलियो मनोबल र शारीरिक पुनर्ताजगीका साथ फर्किन पनि सक्छु ।’

‘हाम्रो टिममा पावरप्ले लगत्तै ठूलो रिक्तता देखिएको छ, जुन पछिल्ला केही सिजनहरूमा मेरो बलियो पक्ष थियो । मलाई महसुस भएको छ कि मैले ब्याटबाट सकारात्मकरुपमा योगदान गर्न सकिरहेको छैन । त्यसैले मेरो ठाउँमा अर्को खेलाडीलाई अवसर दिनका लागि यो उपयुक्त अवसर हो भन्ने लागेको छ ।

आइपीएलमा आउनुअघि म्याक्सवेल शानदार फर्ममा थिए । उनले नोभेम्बरयता खेलेका १७ खेलमा ४२.४६ को औसत तथा १८५.८५ को स्ट्राइक रेटमा ५५२ रन बनाएका थिए । यो अवधिमा उनले दुईवटा टी-२० शतक पनि प्रहार गरे । तर, आइपीएलमा उनको फर्म एकाएक धराशायी बन्यो ।

पहिलो म्याचमा चेन्नइ सुपरकिङ्सवरिुद्ध पहिलो बलमै आउट भएपछि म्याक्सवेल थप दुईवटा म्याचमा डक आउट भएका छन् । एउटा खेलमा मात्रै उनले ५ भन्दा बढी बलको सामना गर्न सके । कोलकत्ता नाइट्स राइडरविरुद्ध उनले १९ बलमा २८ रन हान्दा दुईपटक जीवनदान पाएका थिए ।

म्याक्सवेलले २०२० को आइपीएल सम्झिरहेका हुन सक्छन् । त्यसबेला पञ्जाब ११ बाट खेलेका उनले ११ इनिङमा १०८ रन मात्रै हानेका थिए, त्यो पन १०१.८८ को न्यून स्ट्राइक रेटमा ।


प्रकाशित : २०८१ बैशाख ४, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप