ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

चितवन : क्रिकेट रंगशाला बनाउन एउटा कम्पनीको मात्रै टेण्डर

चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि गरिएको टेण्डर खोलिएको छ । विहीबार दिउँसो खोलिएको टेण्डरमा एक मात्रै कम्पनीले ठेक्का हालेको पाइएको महानगरका निर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।

‘अहिले अरु विडरहरु आएको देखिएन, एक मात्रै कम्पनीले ठेक्का हालेको पाइयो,’ इन्जिनियर आचार्यले भने, ‘अब ठेक्का हाल्ने कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन सुरु गर्छौं ।’ आचार्यका अनुसार १ हप्ता भित्र महानगरले राखेको मापदण्ड भित्र प्राविधिक प्रस्ताव आए/नआएको मूल्याङ्कन गरेपछि मात्रै उसको आर्थिक प्रस्ताव खोलिने र प्राविधिक प्रस्ताव पास नभएमा ठेक्का रद्द गरेर अर्को ठेक्का आह्वान गरिने छ ।

महानगरका निर्देशक अर्यालले प्राविधिक प्रस्ताव र अन्य आवश्यक कागजात नमिलेको खण्डमा ठेक्का रद्द गरेर आईसीवीमा जानेबारे महानगरले सोचिरहेको बताए । ‘यो जटिल र अति सम्वेदनशील काम छ, नेपालमा यस्तो अनुभव भएका ठेकेदारहरु पाउन निकै कम सम्भावना छ,’ अर्यालले भने, ‘महानगरले सोचेर विचार गरेर सावधानीपूर्वक काम अगाडि बढाउँछ ।’

यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।

धुर्मस सुन्तली फाण्डेसनले बनाउन सुरु गरेको रंगशालाको काम बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्णरुपमा रोकिएको थियो ।

फाउण्डेसनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) रिभाइज गरिएको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए । रिभाइज गरिएको डीपीआरमा केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको अर्यालले जानकारी दिए ।


प्रकाशित : २०८० चैत्र २३, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप