ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

किसानका गुनासो सुन्न मन्त्रालयमै गुनासो कक्षको स्थापना

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयगत समस्या सुन्न गुनासो व्यवस्थापन कक्षको सुरुवात गरेको छ । मानो रोपेर मुरी फलाउने सिजन सुरु भएकाले किसानलाई रासायनिक मल र अन्य कुनै पनि कृषि समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले मन्त्रालयमै गुनासो कक्षको व्यवस्थापन गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले मंगलबार कक्षको सुरुवात गर्दै देशभरका किसानले राखेका समस्याको अब सिधै सुनुवाइ हुने बताए ।

सरकारले रासायनिक मल प्रशस्त रहेको बताए पनि देशभरका किसानले नपाएको गुनासो गरिरहेका छन् । त्यही खाली ठाउँ पुर्न र रासायनिक मल अभावको समस्यालाई समाधान गर्न गुनासो शाखा खोलिएको हो । मन्त्री भुसालले जिल्ला जिल्लाका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ शाखामा मौज्दात रहेको मलको विवरणसमेत सार्वजनिक गर्दै सोही अनुसार नभएको पाइए तुरुन्त गुनासो शाखामा फोन गर्न किसान र सरोकारवालालाई आग्रह गरे ।

किसानको गुनासो अनुसार मल नपाइएको खण्डमा तत् जिल्लाका शाखा, बदमासी गर्ने व्यक्ति या सहकारी जोकोहीलाई पनि कारबाही हुने मन्त्री भुसालको भनाई छ । मन्त्री भुसालले कुनै पनि समस्या भएका गुनासो शाखामा राखेर अधिकतम फाइदा लिन समेत किसानलाई अनुरोध गरे । दिइएका नम्बरमा फोन गर्दा ७७ जिल्लाका समस्या समाधान हुने उनको भनाई छ । त्यसको लागि पैसा नलाग्ने ९टोल फ्री नम्बर० १६६००१७७७७९ र ०१–४२११४४६ नम्बरको व्यवस्था गरिएको छ । यस्तैgunaso@molad.gov.np इमेल, gunaso.molad नामको फेसबुक र @hello_molad नामको ट्विटरमा पनि मन्त्रालयगत समस्या राख्न सकिने प्रबन्ध मिलाइएको छ ।


प्रकाशित : २०८० असार १३, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप