काठमाडौं । प्रेम हो एउटा सुनौलो सपना बोलको गित पहिलो पल्ट गायर आफ्नो गायन यात्रामा प्रबेस गरेका बालकृष्ण भट्टले आफ्नो पुरानो ब्याण्डलाई पुनः जिवन्त दिन नयां गितहरूको कम्पोज र रेकडींगमा लाग्नुभएको छ । यस संगै उहांहरूको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ठूला ठूला कन्सर्टहरू सम्म हुने बताईएको छ । १० बर्ष पछि नयां गित तथा संगितका साथमा ब्याण्डले नेपाली रक म्यूजिकको संसारमा फेरी पाईला टेक्दै छ । नयां गित ऐहजुर, यो मन दुस्मन जस्ता गितहरू सार्बजनिक गरे लगत्तै ब्याण्डले काठमाडौंको चर्चित पव लन्डनपब र आलिसान लाउन्ज कल्ब, पोखराको क्लव सिक्ट्रिन र तेरान लाउन्ज बार, सौराहको क्लब चितवनमा आफ्नो संगितीक प्रस्तुतीहरू दिने ब्याण्डका भोकलिस्ट बालकृष्ण भट्टले बताउनुभयो । ब्याण्डमा लिड गितारमा अनिस थापा बेस गिटारमा बाबुराम नेपाल र ड्रमरमा देबराज गुरागांई रहेकाछन् ।भने ब्याण्डले ९०को दशकको चर्चित र अन्य हिट गितहरू समेत गाउनेछ ।