ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

पहिलो हप्तामा हलबाट ६० प्रतिशत सेयर पाउनु पर्ने निर्माताको माग

काठमाडौं । चलचित्र निर्माता संघले हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर निर्माताले पाउनु पर्ने बताएको छ । पहिलो हप्ता ५० प्रतिशत सेयर पाउँदै आएका निर्माताले १० प्रतिशत सेयर थपेर ६० प्रतिशत पुर्याउन माग गरेका हुन् । दोस्रो हप्ता ५० र तेस्रो हप्ताबाट चलचित्र नउत्रिदासम्म ४० प्रतिशत सेयर पाउनु पर्ने संघको माग छ । अहिले दोस्रो हप्ता पनि ५० प्रतिशत र तेस्रो हप्तादेखि नउत्रिदासम्म ३५ प्रतिशत सेयर निर्मातले हलबाट पाउँदै आएका छन् । आफूले अगाडि सारेका यी माग लागु गर्न संघले विभागीय मन्त्रालयसमक्ष माग पनि गरेको छ ।

केही समय अगाडि काठमाडौंमा आयोजित निर्माताहरूको भेलाले तय गरेको माग संघले मन्त्रालयमा बुझाएको छ । संघको यो माग भने चलचित्र संघले पूरा गर्नु पर्नेछ । चलचित्र संघले सबै माग कसैले राख्दैमा पूरा हुन्छन् र गर्नुपर्ने वाद्ययात्मक अवस्था नरहेको बताइसकेको छ । यद्यपि, छलफलका लागि उसले वार्ता कमिटी गठन गरिसकेको छ । निर्माता संघले पनि वार्ता टोली गठन गरेको छ ।

चलचित्र संघले महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता कमिटी गठन गरेको छ । जसमा भाष्कर ढुंगाना, गोपालकाजी कायस्थलगायत सदस्य छन् ।

निर्माता संघले महासचिव सुनीलकुमार थापाको संयोजकत्वमा सात सदस्यीय वार्ता कमिटी गठन गरेको छ । वार्ता कमिटीमा रामबाबु गुरुङ, खगेन्द्र लामिछाने, दीपकराज गिरी, ज्ञानेन्द्र देउजालगायत सदस्य छन् ।


प्रकाशित : २०७९ माघ २४, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप