काठमाण्डौं । डिसेम्बर फल्स सहित लगातार १२ ओटा फिल्म फ्लप दिएका आर्यन सिग्देललाई फिल्म इन्डष्ट्लिे फ्लप कि को उपाधि दिएको छ । २०६९ सालमा रिलिज भएको नोभेम्बर रेन फिल्म पछि आर्यनले १० बर्ष सम्म कुनै हिट फिल्म दिन सकेका छैनन् । उनको असफलताको यात्रा लगातार १० बर्ष सम्म चलिरहेके छ । पछिल्लो रीलिज डिसेम्बर फल्स पनि बक्स अफिसमा डिजास्टर भएपछि उनको फ्लप यात्राले १० बर्ष पार गरेको हो ।
निरन्तर फ्लप फिल्म दिइरहेको आर्यनले डिसेम्बर फल्स प्रमोसनको क्रममा दिएको अन्तरवार्तामा एक्सन हिरोको बिषयमा दिएको उत्तेजित जवाफले भड्किएका एक्सन किङ निखिल उप्रेतीका फ्यानले डिसेम्बर फल्सको बहिस्कार अभियाननै चलाएका थिए । अन्ततः फिल्म फ्लप भएपछि आर्यनलाई उनिहरुले फ्लप किङ को उपाधि दिए । हुनत उनले निखिल उप्रेती फ्यान सँग माफि मागीसकेका छन् । तर के गर्नु फिल्म फ्लप भैसके पछि ।