काठमाण्डौं । निखिल उप्रेती फ्यानको चर्को विरोधका बाबजुद सार्बजनिक माफी बिनै फिल्म रिलिज गरेका आर्यन सिग्देललाई ठुलो झट्का लागेको छ, उनि अभिनित फिल्म निरन्तर बक्स अफिसमा असफल हुदै आइरहेका छन् । यसकैको सिलसिला डिसेम्बर फल्सले पनि कायम गरेको छ ।
आज लोह्सारको अवसरमा देशभर छुट्टि हुदा पनि फिल्मले दर्शकको साथ पाउन सकेको छैन । फिल्मको बिहानी सोज हरु देशैभर खाली गएको छ । उपत्यकामा आज विहानको अधिकांश हलहरु खाली थिए, उता हलिउड फिल्म अवतार २ ले रिलिजको दोस्रो हप्ताको विहानी जोसमा पनि उल्लेख्य दर्शकको साथ पाउँदा नेपाली फिल्म डिसेम्बर फल्सले भने सुरुवातकै दिनमा दर्शकको साथ पाउन सकेन ।
फिल्मको प्रिन्ट उपलब्ध नहुदा विहानी सोज हरु उपत्यका बाहिर प्रदर्शन हुन सकेको थिएन, यता दिउँसो र बेलुकाको जोसमा पनि फिल्मले दर्शकको साथ पाउन सकेको छैन ।
किन चलेन फिल्म ?
धेरैले फिल्म नचल्नमा आर्यनको पछिल्लो समय भाइरल भएको टिकटक भिडियोलाई आधार मानेका छन् । जहाँ उनले सुपरस्टार निखिल उप्रेती बिरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप छ । त्यसैलाई लिएर निखिल उप्रेती फ्यान क्लवले आर्यनले सार्वजनिक माफी नमागे सम्म फिल्मको बहिस्कार गर्ने घोषणा गरेको थियो । त्यस बाहेक फिल्म चल्न सबैभन्दा पहिले फिल्म आफैमा राम्रो हुनुपर्छ, फिल्मलाई चलाउन या ओपनिङ दिलाउनलाई ब्राण्डको सहारा चाहिन्छ । ब्राण्ड भन्नाले फिल्म निर्माण टिमको विश्वसनीयता या फिल्मको हिरो हिरोईनको स्टार भ्यालु भन्ने बुझिन्छ । तर यस फिल्मको पक्षमा यि कुनै विषयपनि छैनन् । किनकि आर्यन आफैले आफ्नो स्टारडम सकिएको उहिल्यै स्विकार गरिसकेका छन् । उनको यो निरन्तर १२ औं फ्लप फिल्म हो । नत फिल्मको निर्माण टिम आफैमा ब्राण्ड हो । त्यसैले फिल्मलाई डिजास्टर ओपनिङ लाग्नु स्वभाविक मानिएको छ, सबैभन्दा दुखद् कुरो त फिल्मले सोलो रिलिज पाउँदा पनि चल्न सकेन ।