काठमाडौं । फुटबल जगत्कै महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा पेलेको आज निधन भएको हो ।
ब्राजिलियन फुटबल खेलाडी पेलेले २१ वर्षको करियरमा एक हजार ३६३ खेलमा एक हजार २८१ गोल गर्दै विश्व कीर्तिमान बनाएका छन्। राष्ट्रिय टोलीका लागि उनले ९२ खेलमा ७७ गोल गरेका छन् ।
विश्वकपको उपाधि तीन पटक उचाल्ने पेले एक मात्र खेलाडी हुन्। सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले विश्वकप जित्दा पेले नै नायक थिए। सन् २००० मा पेलेलाई फिफाले प्लेयर अफ द सेन्चुरीु अर्थात् शताब्दिकै उत्कृष्ट खेलाडीको उपाधि समेत दिएको थियो।
पेले विगत केही वर्षदेखि किड्नी र प्रोस्टेटको समस्याले पीडित थिए। सन् २०२१ को सेप्टेम्बरमा उनले ट्युमर निकाल्न शल्यक्रिया समेत गरेका थिए। पेलेको निधनपछि उनको छोरी केली नेसिमेन्टोले लेखेकी छिन्, ुहामी जे छौँ त्यसको लागि तपाईंलाई धन्यवाद। हामी तपाईंलाई असीम माया गर्छौँ। हार्दिक श्रद्धाञ्जली।
पेलेको ट्वीटर अकाउण्टले पनि पेलेको यात्रा प्रेरणा र प्रेमले भरिएको भनेको छ। अस्पतालले पेलेको निधनको कारण शरीरका अङ्गहरूले काम गर्न छोड्नुुलाई मानेको छ । ब्राजिलियन फुटबल कन्फिडेरेशनले पेले महान् खेलाडीभन्दा पनि अझ बढी रहेको प्रतिक्रिया दिएको छ। ुराजा ९पेले०ले हामीलाई नयाँ ब्राजिल दिए। हामी उनीप्रति कृतज्ञ छौँ। धन्यवाद पेलेु, कन्फिडेरेशनले भनेको छ।
यस्तै पेलेको शवयात्राको पनि तालिका सार्वजनिक गरिएको छ। सोमबार बिहान उनको शवलाई अस्पतालबाट निकालेर उनको पूर्व क्लब सान्तोसको मैदानमा राखिनेछ। त्यहाँ श्रद्धाञ्जली अर्पण गरिनेछ। मङ्गलबार साओ पाउलोमा शवयात्रा हुनेछ। यात्रा पेलेको चिहानसम्म हुनेछ।