काठमाण्डौं । नेकपा एमालेमा प्रतिनिधि सभाको टिकटलाई लिएर निरन्तर तनाव सिर्जना भैरहेको छ । पार्टीका नेता घनश्याम भुसालले टिकट नपाएपछि पार्टी नै त्याग गर्ने घोषणा गरिसकेका छन् । तर एमालेमा प्रतिनिधि सभा टिकटलाई लिएर नयाँ ट्वीस्ट आएको छ ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौं ८ मा प्रतिनिधि सभा चुनावका लागि आफ्नो विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । उनले आफू अब करिब ७० वर्ष भइसकेको र यसअघि नै अब चुनाव नउठ्ने भनिसकेको उल्लेख गर्दै पार्टीले विकल्प खोज्नुपर्ने शनिबार अध्यक्ष ओलीलाई सुझाव दिइन् ।
अध्यक्ष ओलीले काठमाडौं ८ का लागि शाक्यको नाम टुंगो गरेका थिए । मैले पहिले नै अब म उठ्दिन भनेको थिए, कुनै अन्यथा होइन अब म करिब ७० वर्ष भइसके एउटै मान्छे कतिपटक मन्त्री सांसद प्रधानमन्त्री हुने रु अब नयाँलाई विकल्प दिनुपर्छ भनेको छु, उनले भनिन् ।