काठमाण्डौं । नेकपा एकीकृत समाजवादी बाजुराले युवा संघ नेपालका अध्यक्ष तथा नेकपा एसका केन्द्रिय सदस्य नरेश कुमार शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ । युवा माझ लोकप्रिय रहेका शाही प्रतिनिधि सभको उम्मेद्वार बनेपछि युवा संघ नेपालका नेता तथा कार्यकर्ता हरु उत्साहित भएका छन् ।
जिल्ला कमिटीको विस्तारित बैठकले शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो । बैठकले बाजुराको प्रदेशसभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज हिक्मत बहादुर शाही, जिल्ला सचिव पुरबहादुर रावत र युवासंघ नेपालका उपमहासचिव धर्मबहादुर शाहीलाई सिफारिस गरेको छ ।
यसैगरी प्रदेश (ख) का लागि जिल्ला अध्यक्ष गगन रावल र मन्देवी साउद खड्कालाई सिफारिस गरिएको छ ।
त्यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ काशी नेपाली, दावा गुरुङ भोटे र सत्य खड्का थापालाई सर्वसम्वत सिफारिस गरिएको छ भने प्रदेश समानुपातिकतर्फ अमृता रावल बोहोरा र सतल कामी विकलाई सिफारिस गरिएको शाहीले बताए ।