काठमाण्डौं । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । यसै बिच नेकपा एस बाट दर्जन वढी युवा नेताहरु प्रतिनिधि तथा प्रदेश सभाको लागि सिफारिसमा परेका छन् । यसै क्रममा युवा संघ नेपालका सचिव तथा नेकपा एस युवा बिशेष प्रदेश कमिटीका अध्यक्ष सुशिल भट्टराई पनि अर्घाखाँचीबाट सिफारिसमा परेका छन् ।
उनि अर्घाखाँचीको एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) बाट सिफारिस भएका हुन् । उनि उम्मेद्वार हुने भएपछि युवा संघका कार्यकर्ताहरुले उनलाई उत्साहित हुँदै बधाई दिएका छन् ।
युवा माझ राम्रो छवि बनाएका भट्टराई पार्टीका उच्च तहका नेताहरुविच पनि निकै लोकप्रिय छन् । स्थिानिय निर्वाचन पछि अहिले युवा लाई प्रदेश सभामा उठाउने नेकपा एसको नीति रहेको छ । त्यसैले शुशिल भट्टराई जस्तै युवाहरुले यस निर्वाचनमा राम्रो अवसर प्राप्त गरेका छन् । यस अघि युवा संघका उपाध्यक्ष, महासचिव देखि अन्य केह पदाधिकारी प्रदेश सभा र प्रतिनिधि सभामा सिफारिसमा भैसकेका छन् ।