वाग्मती प्रदेशमा सरकार परिवर्तन हुने चर्चा भइरहेको बेला मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल सरकार नफेरीने जानकार दिए । उनको अनुसार केन्द्रको निर्णयले मात्र प्रदेशको समिकरण तलमाथि हुन सक्ने छ।
संचारमाध्याम सँग कुराकानी गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालेनै प्रदेश सरकारको नेतृत्व फेरबदल नहुने सार्वजनिक उदघोषण गरिसकेकाले अहिलेनै प्रदेश साजनितीक समिकरण नबदलिने बताए ।
गत कार्तिक महिनामै यहाँ तीन दलीए नयाँ सरकार गठबन्धनको बनेको थियो । एमालेकि अष्टलक्ष्मि शाक्यले राजिनामा दिएपछि, नेकपा एकीकृत समाजवादी पार्टिको तर्फबाट उपाध्यक्ष राजेन्द्रप्रसिाद पाण्डे मुख्यमन्त्री बनेका थिए।
कार्तिकमा सरकार बन्दा बाँकी रहेको समय आधा आधा अर्थात ६, ६ महिना सरकारको नेतृत्व गर्ने सहमति नेकपा एस र नेपाली कांग्रेसबिच भएको थियो । अहिले नेपाली कांग्रेसले प्रदेशको बजेट पास भएपछि सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरिरहेको छ ।
‘सहमति अनुसार इन्द्र बानियाँ मुख्यमन्त्री बन्नुपर्ने हो । त्यतिबेला ६,६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
बजेट पास भएपश्चात् नविन समिकरण बन्नसक्ने चर्चा चलिरहँदा मुख्यमन्त्री पाण्डेले भने प्रदेशमा भएको सहमतिले सरकार फेरबदल गर्ने गरी अर्थ नहुने बताए।
नेकपा एसका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशबाट समिकरणको निर्णय हुन नसक्ने बताए । उनले केन्द्रीय गठबन्धनका कारण प्रदेश समिकरण बनेको भन्दै केन्द्रीय नेतृत्वले चाहेमात्र समिकरण परिवर्तन हुने जानकारी दिए ।
‘यो प्रदेश सरकार माथिबाट बनेको हो , यहाँबाट बनेको होइन माथिबाट सञ्चालित छ । गठबन्धनको शिर्ष नेताहरूबीच जे सहमति बन्छ त्यसैले यो सरकार समिकरणको आगामी बाटो तय गर्छ, उनले भने ।