गत बिहिबारबाट विश्वभर प्रदर्शनमा आएको भारतिय फिल्म केजिएफ च्याप्टर २ ले प्रदर्शन भएकै दिन हिन्दि मार्केटमा ६३.६५ करोड ग्रस कलेक्सन गरेर कमाइको मामलामा नयाँ किर्तीमान कायम गरेको थियो । फिल्मले ५३.९५ करोड को नेट कलेक्सन गरेको थियो ।
कण्नड भाषामा बनेको उक्त फिल्मले पहिलो दिनमै दक्षिण भारतिय मार्केटमा पनि नयाँ रेकर्ड स्थापित गरेको छ । फिल्मले पुरै भारतभर १३४.५ करोड कलेक्सन गरेको छ । जुन बाहुबली २ र आरआरआर पछिको सबैभन्दा धेरै कलेक्सन हो । फिल्मले साउथ मार्केट बाट मात्रै ७२ करोड बढीको ग्रस कलेक्सन गरेको थियो । फिल्मले तिन दिनमै हिन्दी मार्केट मा १४३ करोड नेट कलेक्सन गरेर बाहुबली २ को रेकर्ड तोडेको छ । बाहुबली ले तिन दिनमा हिन्दीमै १२७ करोड को नेट कलेक्सन गरेको थियो । पाँच बर्ष सम्म बाहुबली २ को रेकर्ड यथावत् थियो ।
अहिलेसम्म फिल्मले विश्वभर बाट झण्डै ४०० करोडको कलेक्सन गरेको छ । फिल्मले भारत बाहिरबाट मात्रै ६५ करोड कमाइ गरेको छ । केजिएफ च्याप्टर १ अनपेक्षित सफल भएको थियो । फिल्मको निकै तारिफ गरिएको थियो । त्यसैले पनि च्याप्टर २ लाई लिएर दर्शकमाझ अत्याधिक कौतुहलता रहेको थियो ।
पहिलो दिनबाटै दर्शको निकै सकारात्मक प्रतिक्रिया पाएको फिल्मले लार्यफटाईम कलेक्सन १००० करोड भन्नदा धेरै गर्न सक्ने धेरै टे«ड पण्डित हरुको अनुमान रहेको छ ।