ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

मोदी र जो बाइडेनबीच भिडियो वार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो वार्ता भएको छ । वार्तामा रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।

वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ । केही साताअघि २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए । तीमध्ये अधिकांश युवा विद्यार्थी थिए ।’

युक्रेन संकट अन्त्यको आह्वान र शान्तिको मार्गतर्फ अगाडि बढ्न आग्रह गर्दै मोदीले भने, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरैपटक टेलिफोनमा कुरा गरेको छु । मैले उनीहरूलाई शान्तिको अपिल मात्र गरिन, बरु राष्ट्रपति पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताका लागि सुझावसमेत दिएको छु । ’

भारतले युक्रेन र अन्य छिमेकी देशहरूमा औषधि र अन्य राहत सामग्री पठाएको प्रधानमन्त्री मोदीले बताए । भारतले युक्रेनमा अर्को औषधिको खेप पठाउने भएको छ ।


प्रकाशित : २०७८ चैत्र २९, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप