झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ नयाँ बर्षको अवसरमा देशभर प्रदर्शन हुदै छ ।
फिल्ममा नायक अनमोल केसि र सुहाना थापाको अभिनय रहेको छ, यस अघिनै ‘ए मेरो हजुर ३’ मा यो जोडिले पहिलोपटक काम गरेको थियो । सुहानाको यो दोस्रो फिल्म हो भने अनमोलको यो आठौं । ए मेरो हजुर ३ अत्याधिक सफल भएपछि यो फिल्म माथि काम सुरु भएको थियो, २ बर्ष अघिनै नयाँ बर्षको अवसरमा रिलिज हुन तयार भएको फिल्म हो यो । तर कोरोना र लकडाउन को कारण फिल्म ठिक २ बर्ष पछि रिलिज हुँदै छ । र यो फिल्म दर्शकमाझ पनि धेरै प्रतिक्षित बनेको छ ।
फिल्म को रिलिज नजिकिदै गर्दा फिल्मलाइ लिएर केहि टिका टिप्पणि सुरु भएका छन् । कारण के हो भने हिन्दि डब कण्नड फिल्म ‘केजिएफ च्याप्टर २’ पनि त्यसै दिन प्रदर्शन हुँदै छ । यि दुबै फिल्म निकै प्रतिक्षित फिल्म हुन् । तर कुन फिल्म प्रति दर्शकको धेरै आकर्षण छ भन्ने कुरा सबैलाई थाहै होला । खयर म आफै भनिदिन्छु । एक त नेपालमा नेपाली फिल्म भन्दा धेरै हिन्दि फिल्मको निकै ठूलो क्रेज रहेको छ । अझै त्यसमाथि चर्चित फिल्मको सिक्वेल रहेको कारण केजिएफ च्याप्टर २ को डिमाण्ड धेरै रहेको कुरा स्पष्ट नै छ । यि दुई फिल्मको बक्सअफिसमा निकै घमासान टक्कर हुने निश्चित भएपछि दर्शकहरुले एक अर्को फिल्मलाई ट्रोल गर्न सुरु गरेका छन् ।
फेशबुक देखि युट्युब सम्मै दर्शकहरु भिडिरहेका छन् । धेरैले यो फिल्मबाट अनमोलको स्टारडम मापन हुने बताइरहेका छन् । अनमोलको ४ फिल्म यस अघिनै बिभिन्न फिल्म सँग बक्स अफिसमा प्रतिस्पर्धा गरिसकेका छन् , अहिले सम्म उनको कुनै फिल्मले हारेको या प्रतिस्पर्धि फिल्म भन्दा कम ब्यापार गरेको रेकर्ड छैन । यस पटक उनको फिल्म ले केजिएफ भन्दा धेरै ब्यापार गर्छ या उनको पहिलो हार हुन्छ त्यो हेर्न बाँकि छ । ए मेरो हजुर ४ को निर्माण टिमले आफ्नो फिल्मलाई देश भक्ति, मौलिकता लगायतको नाममा दर्शकले माया गर्ने र फिल्मले केजिएफ जतिनै ब्यापार गर्ने अनि नेपाली दर्शकले आफ्नो भाषको फिल्मलाई प्राथमिकता दिनु पर्ने भन्दै अभिब्यक्ति दिईरहेका छन्, बिशेष गरी यो भनाई झरना थापाको हो ।
साउथ फिल्मकै सिन कपि गरेर फिल्म बनाउदै आएकि झरना थापाको यो अभिव्यक्ति को कारण उनि अहिले ट्रोलको सिकार भैरहेकि छिन् । सिन चै विदेशि कपि गर्ने अनि मैलिक फिल्म भन्दै दर्शकलाई ईमोसनल ब्ल्याकमेल गर्ने भन्दै उनको आलोचना भैरहेको छ , उनलाई फिल्मको कन्टेन माथि विश्वास भए ढुक्क सँगले फिल्म रिलिज गर्न दर्शकले सुझाब दिईरहेका छन् ।
यता केजिएफ च्याप्टर २ को क्रेज भने अर्कै स्तरको छ । फिल्म प्रतिको यस्तो क्रेज बिरलै देख्न सकिन्छ । नेपालमा यो फिल्मको ब्यापार २० करोड माथिको हुने निश्चित छ ।