दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेको छ । हजार करोड कमाएको आरआरआर टिमले आज मुम्बाईमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । यो सँगै राजमौलीको २ फिल्म ब्याक टु ब्याक हजार करोड क्ल्बमा सामेल भएको हो । यस अघि उनकै फिल्म बाहुबली द कन्क्लुजनले विश्वभरबाट १८०० करोडको ब्यापार गरिसकेको थियो भने उनकै निर्देशनमा बनेको बाहुबली द बिगिनिङे भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो ।
राजामौली निर्देशित ‘बाहुबली द कन्क्लुजनको हिन्दि डब भर्सनले मात्रै ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ । उनकै नयाँ फिल्म ‘आरआरआर’ २०० करोड भन्दा धेरै कमाई गरेर अर्को किर्तिमान बनाएको छ । २०० करोड कमाउने दुबै फिल्म उनकै नाममा रहेको छ ।
यसै सफलताको खुसीयालीमा मुम्बईमा भव्य पार्टी आयोजना गरिएको थियो , जहाँ बलिउड र साउथ फिल्मका कलाकारहरु सहभागी थिए । आरआरआर को हिन्दि राईट्स खरिद गरेका पेन कम्पनीका मालिक जयन्तीलाला गादाले आयोजना गरेको पार्टीमा आमिर खान, करण जोहर र जावेद अख्तर पनि उपस्थित रहे ।
जावेद, करण र आमिर तिनैले निर्देशक राजामौलीको प्रशंसा गरे । उनीहरु दुवैले राजामौली शैलीको फिल्म निर्माणको आफूहरु विद्यार्थी रहेको बताए ।
‘राजामौली एक वास्तविक प्रतिभाशाली र दूरदर्शी हुनुहुन्छ । उहाँसँग एक प्रतिभाशाली बच्चाको कल्पना छ । मैले पहिलोपटक जब बाहुबली हेर्दा लाग्यो, भारतीय फिल्ममा यस्तो बन्छ भन्ने लागेकै थिएन । आरआरआर मलाई त्यस्तै लाग्यो,’ करणले भने ।
‘यो मान्छे यो मनमोहक फिल्म निर्माता वास्तविक हुन सक्दैन । तपाईंले उहाँलाई महसुस गर्न र वास्तविक हुनुहुन्छ भनेर विश्वास गर्न उहाँलाई छुनुपर्छ,’ करणले अघि भने, ‘मलाई लाग्छ एसएस राजामौली हाम्रो देशले नदेखेको सबैभन्दा ठूला फिल्म निर्माता(निर्देशक हुन् ।’
उनले अगाडि भने, ‘भारतीय सिनेमालाई माथि उकास्न उहाँले गरेको प्रयत्नलाई हामीले साथ दिनुपर्छ । मापदण्डहरु राजामौलीका सिनेमाले सेट गरेका छन् र हामी त्यसप्रकारका सिनेमाको विद्यार्थी बन्न चाहन्छौं । उनले सिनेमालाई जे दिएका छन् हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’