ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

लामाको प्रवचनपछि मूल्य पाएको बोधिचित्त

काठमाडौं । बिहीबार मध्यराति काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा  अज्ञात समूहले एउटा रुख काटेको विषयले धेरैको ध्यान खिच्यो । काटिएको रुख वार्षिक तीन करोड रुपैयाँ लिने गरी बिक्री भइसकेको सुन्दा धेरैलाई आश्चर्य लाग्नु स्वाभाविक पनि थियो ।

हतियारसहित पुगेको समूहले बोधिचित्त (बुद्धचित्त)को रुख काटेर घर आसपासमा विष्फोटक पदार्थ राखेको घटना प्रहरीका लागि पनि टाउको दुखाइ बनिरहेको छ ।काभ्रेपलाञ्चोककी प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार, राति २ बजे रुख काटिएको स्थानमा पुगेर प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा बोधिचित्तको रुखका धनी शेरबहादुर तामाङले वार्षिक ३ करोड रुपैयाँ लिने गरी ५ वर्षका लागि यो रुख विक्री गरिसकेको पत्ता लागेको थियो ।

व्यवसायी सन्दीप त्रिपाठी र सत्यमान लामाले ५ वर्षलाई रुखमा फल्ने दाना पाउने सम्झौता भएपछि प्रतिष्पर्धामा रहेका अन्य व्यवसायीले रुख नै काटिदिएको हुनसक्ने आशंका छ । यद्यपि, यसमा संलग्नहरुको पहिचान भइसकेको छैन ।

के हो बोधिचित्त ?

त्रिभुवन विश्वविद्यालय, वनस्पतिशास्त्रका उपप्राध्यापक डा. नारायण घिमिरेका अनुसार, बुद्धचित्त समेत भनिने बोधिचित्त बयर प्रजातिको रुख हो । यसको वैज्ञानिक नाम ‘जिजिफस स्पेसी’ हो ।‘रुख प्रजातिको भए पनि यसको आकार अरु रुखहरुझैँ ठूलो नभइ बुट्यान स्वरुपको हुन्छ’, घिमिरे भन्छन्, ‘यो सब–ट्रपिकल जोन (समुन्द्री सतहबाट एकदेखि दुई हजार मिटरसम्मको उचाइ) मा पाइन्छ ।’

काभ्रेको तिमाल र रोशी यसको पकेट क्षेत्र भएपनि अन्यत्र समेत बोधिचित्त पाइने उनी बताउँछन् । जहाँ त्यहीँ नपाइने यो प्रजातिलाई सन् २०१५ मा वनस्पतिविद्हरुले नेपालको रैथाने वनस्पती भनेका छन् ।


प्रकाशित : २०८१ बैशाख ४, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप