युथ पाना काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद ९नार्क० बाट विकसित आलुका उन्नत प्रविधिले ईलाममा व्यापक लोकप्रियता पाइरहेका छन् । वि.सं.२०७५ सालदेखि नार्कले ईलाममा सुरु गरेको आलुका उन्नत प्रविधिको विस्तार गर्ने रुपान्तरणकारी परियोजनाबाट बीउ आलु उत्पादनमा उल्लेखनीय बृद्धि भई किसानको आय आर्जन बढेपछि यो कार्यक्रम लोकप्रिय भएको हो । सुरुमा वि।सं। २०७१ देखि नार्क अन्तर्गतको कृषि अनुसन्धान केन्द,्र जौवारी मार्फत् माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले आलुका उन्नत विउ लगेर उत्पादन गरेपछि यसले चर्चा पाएको हो । सोही सालमा जौवारी केन्द्रबाट २ हजार ४ सय किलो उन्नत विउ समुदाय स्तरमा उत्पादन गरी त्यसको विस्तार गर्न सुरु गरिएको थियो ।
कृषि अनुसन्धान केन्द्र जौवारीका प्रमुख जनार्जन गौतमका अनुसार उक्त क्षेत्रमा पहिले विटे, झ्याले, डेजिरे जस्ता पुराना जातका आलु लगाउँने र विउ नफेरी दशकौसम्म एउटै वीउबाट वीउ उत्पादन गर्ने चलन रहेकोमा जौवारी केन्द्रले आलुको वीउ चक्र स्थापना गरी आलुको उत्पादन बढाउँन सहयोग पुगेको हो । पुराना जातहरुमा एेंजेरु, भाइरस र डढुवा रोग लाग्ने र उत्पादन कम हुने तर उन्नत जातका आलुमा रोग नलाग्ने हुनाले उत्पादन बढेको हो । गौतमका अनुसार हाल समुदाय स्तरमा मात्र ४० मेट्रिक टन उन्नत विउ आलु उत्पादन हुने गरेको र त्यहाँबाट ताप्लेजुङ, धनकुटा, संखुवासभासम्म वीउ पुग्ने गरेको छ । ईलाममा वीउका अतिरिक्त लगाउँने समयमा समेत फेरबदल ल्याउँदा उत्पादनमा उल्लेख्य बृद्धि भएको उनले बताए । यस अघि किसानले चैतमा रोप्ने गरेकोमा हाल पुस १५ देखि फागुन १५ सम्म आलु रोप्दा उत्पादन ७० प्रतिशतभन्दा बढी बढेको छ । फागुन १५ देखि चैत १५ सम्म रोप्दा १६ प्रतिशतले उत्पादन बढेको थियो । तर चैत १५ पछि रोप्दा निकै कम उत्पादन भएकोले किसानहरुले रोप्ने समय पनि परिवर्तन गरिरहेको उनले जनाए ।
माईजोगमाई गाउँपालिकाका किसान उमाकान्त भट्टराईले आलुका पुराना जातहरुले एक रोपनीमा चार÷पाँच मन उत्पादन दिने गरेकोमा नयाँ जातको आलु लगाउँदा एक रोपनीमा २० मन सम्म आलु फलाएको बताए । उनले आफ्नो गाउँपालिकामा हाल ८० प्रतिशत किसानले आलुका नयाँ प्रविधि अपनाउँने गरेको बताए । उनले राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारबाट उन्नत आलु उत्पादनमा तालीम लिएको र उन्नत विधिहरु अपनाउँदा वीउको बचत भएको र दाना कुहिने समस्याबाट आलु जोगिएको बताए । ईलाम नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष नुतन दुलालले दुई बर्षदेखी आलुका उन्नत जातहरु जौवारी कृषि केन्द्र मार्फत् समुदाय स्तरमा लगेको र त्यसको नतिजा उत्साहजनक आएको बताए ।
उनका अनुसार रोगमुक्त नयाँ बीउले दश किलो लगाउँदा १० मन फल्ने गरेको तर पुरानो बिउ १० मन फलाउँन एक मन लाग्ने गरेको अनुभव सुनाए । उनले नार्कसंग अन्य बालीनालीमा पनि उन्नत प्रविधि विस्तारमा सहकार्य गर्न चाहेको उल्लेख गरे । ताप्लेजुङ, सन्दकपुर गाउँपालिकाका किसान माधव गर्तौलाले सामुदायिक स्तरमा नार्कबाट प्राप्त आलुका बीउलाई आफ्नो ठाउँमा लगाउँदा पुरानो बिउ भन्दा उत्पादनमा दोब्बर बृद्धि भएको बताए । जनकदेव जातको आलु प्रत्येक बर्ष ३० मनका दरले उत्पादन बढाउँदै पुरानो कम उत्पादन दिने आलुका जातहरुलाई बिस्थापित गर्ने योजना रहेको समेत उनले सुनाए । राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारका संयोजक डा। गिरिधारी सुवेदीले ईलामको माईजोगमाईमा २०७५ देखी आलुमा रुपान्तरणकारी परियोजना सञ्चालन गरिएको बताए । जौवारी केन्द्रसंग समन्वय गरी आलुका उन्नत जातका भाईरसमुक्त बीउ उक्त ठाउँमा बीउ बृद्धिको रुपमा सुरु गर्दा यो सफलता प्राप्त भएको उनले बताए । उक्त क्षेत्रमा जनकदेव, खुमलउज्वल, डेजिरे र कुफ्रि ज्योति जातका बीउ पठाइएको र त्यसमा जनकदेव जातका बीउ लोकप्रिय भएको बताए । हाल उक्त क्षेत्रमा बार्षिक ८६ हजार किलो बीउ आलु उत्पादन हुने गरेको डा। सुवेदीले बताए ।
डा। सुवेदीका अनुसार हाल उक्त क्षेत्र पुर्वी नेपालको वीउ आलु उत्पादनको हब भएको कुरा उनले बताए । पहिलो बर्ष तीन हजार, दाना दोस्रो बर्ष आठ हजार दाना र तेस्रो बर्ष चार हजार एक सय दाना पिविएस ९भाइरसमुक्त बीउ आलु० वितरण गरी बीउ बृद्धि कार्यक्रम सञ्चालन गर्दा समुदाय स्तरमा समेत बीउ उत्पादन बिस्तार भएको थियो । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायका अनुसार नेपालमा एक लाख ९८ हजार हेक्टर क्षेत्रफलमा ३३ लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । साथै आठ अर्ब ८२ करोड रुपैया बराबरको आलु र आलुका परिकारहरु विदेशबाट आयात हुने गरेको परिप्रेक्ष्यमा यस्ता रुपान्तरणकारी कार्यक्रमले उत्पादन र आयात बीचको अन्तर कम गरी निर्यात प्रबद्धनमा सहयोग पुग्ने डा। उपाध्यायले बताए । डा. उपाध्यायका अनुसार यस्ता रुपान्तरणकारी कार्यक्रमहरु पर्वतको सालिजा, बाग्लुङको ढोरपाटन, लम्जुङको दोर्दी, अछामको मेललेख, जुम्लाको डिल्लीचौर, रोल्पाको जिनावाङ र राँक, रसुवाको गतलाङमा पनि सञ्चालन गरिएको र किसानलाई तालीम, बीउ भण्डारण, उत्पादन विधि सहित सबलीकरण गरिएकाले किसानहरुको आयस्तरमा वृद्धि भइरहेको छ ।