ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

कुशल भुर्तेलको शतक सङ्गै नेपालको शानदार जित

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ ।काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्याएको हो । यसका लागि कुशल भुर्तेलले १३३ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको थियो । नाामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।


प्रकाशित : २०७९ फाल्गुन २, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप