अछाम जिल्लाको साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति भएको छ । दुई दलबिच बसेको बैठकले नगरपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख समाजवादीले लिने सहमति भएको नेपाली कांग्रेसका नगर सभापति लालबहादुर कुँवरले जानकारी दिए। साँफेबगर एमाले नेता भिम रावलको गृह नगर हो ।
त्यसैगरी नगरका १४ वडामध्ये ३ वडा समाजवादी र बाँकी ११ वटा वडा कांग्रेसको भागमा परेको छ।वडा नम्बर ६ भाग्येश्वर,वडा नम्बर ९ बुढाकोट र वडा नम्बर १३ बाब्ला समाजवादीको भागमा परेको छ।
नेकपा एमालेका नेता भीम रावलको वडा भाग्येश्वर समाजवादीको भागमा परेको छ।त्यसैगरी १,२,३,४,५,७,८,१०,११,१२,र १४ वडा कांग्रेसले पाएको छ।कांग्रेसले प्रमुखमा राजेन्द्र कुँवरलाई र समाजवादीले उपप्रमुखमा शिबबहादुर कुँवर ९शिलोज०लाई उम्मेदवार बनाएको छ।