ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

कांग्रेसको टिकट वितरणमा आर्थिक चलखेल भएको डा. शेखर कोइरालाको आरोप

नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता हुँदा समस्या भएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै टिकट वितरणमा आर्थिक चलखेलले इमान्दार र निष्ठावान कार्यकर्तालाई अन्याय भएको बताएका हुन्।

‘टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन।’ विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन। कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन। पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ।’

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने आफूले बताएपनि कार्यकर्ताहरु प्रति समानरुपले न्याय नभएको उनको भनाई छ। जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुग्नुपरेको र स्वतन्त्र उमेदवार दिनुपरेकोमा चिन्ता व्यक्त गरे।

डा.शेखर कोइरालाले भने, ‘कांग्रेसभित्र असहमत हुनेको राजनीतिक जीवन समाप्त पार्ने प्रयास जारी छ’
कोइरालाले साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग आफू संवेदनशील भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु। पार्टी भित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु। हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं। तर पनि हामी लड्छाँ। र अन्तत स् जित सत्य र न्यायको हुन्छ। हामी निरास हुने छैनौँ।’

स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुने कोइरालाले विश्वास व्यक्त गरे। विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरुलाई म विश्वस्त पार्न चाहन्छु। निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं। साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु। कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचन पछि पार्टी भित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिनेछ।’

उनले आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गरेका छन् ।

यो खबर अन्नपुर्ण पोस्टमा छापीएको छ


प्रकाशित : २०७९ बैशाख १४, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप