काठमाडौं ।आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’को खेलमा वेष्ट इन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गरेको छ ।आज विहान सम्पन्न खेलमा वेष्ट इन्डिजले युगान्डालाई १३४ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका अकील हुसेनले सर्वाधिक ५ विकेट लिए। अल्जरी जोसेफले दुई तथा रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोटीले समान एक विकेट लिए। जारी विश्वकपमा युगान्डाले बनाएको यो सबैभन्दा कम रन हो।जितसँगै वेस्ट इन्डिजले समूह सी मा दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले पराजित गरेको थियो भने युगान्डाको यो दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग युगान्डा १२५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा पुनरागमन गर्दै पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको थियो।