ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक, रहनुहोस् सधैं अन

काठमाडौं । एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझसुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन् । आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ ।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाईएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो ।

यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता पर्दैन । डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक मात्र रु. ७९.८८ मा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन् । यो शुल्क यस अघिको दैनिक रु. १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो ।

त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरुले कर सहित मात्र रु १९०.१८ मा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जन अघि यी गन्तव्यहरुमा दैनिक डेटा रोमिङको शुल्क रु. ६३३.९३ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ ।

सधैं अनयोजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङकोशुल्कले यी देशहरुमा विविध उदेश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठूलो महत्वराख्ने विश्वास एनसेलले लिएको छ । यो प्याक सुचारु गर्न कुनै शुल्क पनि लाग्दैन । यी देशहरुमा जादाँ रोमिङस्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् ।

ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानु भन्दा अधि वा विदेश पुगिसकेपछि पनिसुचारु गर्न सक्छन् । एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरुमा उपलब्ध छ ।


प्रकाशित : २०८१ जेष्ठ १७, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप