ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

कोरियाबाट फर्केका महिलाहरूलाई किम्ची र गिमम्वा बनाउने तालिम

काठमाडौं । दोस्रो पुनः एकीकरण परियोजनामार्फत कोरियाबाट फर्केका महिलाहरूलाई किम्ची र गिमम्वा बनाउने तालिम प्रदान गरिएको छ । काठमाडौंमा दोस्रो ‘पुनः एकिकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ परियोजनामार्फत कोरियाबाट फर्केका महिलाहरुलाई किम्ची र गिमम्वा बनाउने तालिम प्रदान गरिएको हो ।

नेपाल सरकार, इन्टरनेशनल कोअपरेसन एजेन्सी(कोइका) र कोरियाको मानव संशाधन विकाससँगको सहकार्ययमा ‘पुनः एकीकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ परियोजना सुरु गरिएको हो । जुन सन् २०२८ सम्म सञ्चालन हुने छ ।  गत बैसाख १८ गते पहिलो ‘पुनः एकीकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ गरिएको थियो । भने, उक्त परियोजनाकै दोस्रो पुनः एकिकरण तालिम कोरिया रिटर्न महिलाहरुलाई प्रदान गरिएको हो । बिहीबारकाे दोस्रो पुन एकिकरणमा जंग यो ठीकले कोरियाबाट फर्केका महिलाहरुलाई किम्ची र गिवाव बनाउन सिकाइन् । महिलाहरुलाई नेपालमा सजिलै उपलब्ध हुने रायो र मुलाबाट उक्त किम्ची र गिवाव बनाउन सिकाइएको थियो ।

नेपाल फर्किएका र फर्कन चाहानेहरका लागि मार्गदर्शका रुपमा बनाइएको पुनः एकिकरण परियोजनाले ८ सयभन्दा बढीलाई तालिम तथा प्रशिक्षण प्रदान गरि स्वरोजगार दिने लक्ष्या लिएको छ । कोरियाबाट नेपाल फर्किएका र फर्कन चाहनेहरूका लागि यो पुनः एकीकरण सम्बन्धि परियोजनाले नेपाल फर्किएकाले के गर्ने ? नेपालमा सम्भावना के छ? कसरी स्वरोजगार बन्ने ?कसरी रोजगारी सृजना गर्नै ? कसरी गर्ने ? के कस्ता सुविधा छन ? तथा कोरियाको सिपलाई नेपालमा आएर सदुपयोग गर्न सम्बन्धी प्रशिक्षण दिने छ ।


प्रकाशित : २०८१ जेष्ठ ४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप