ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीको आयोजनामा शास्त्रीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । प्रदर्शनीमार्ग स्थित वाल्मीकि विद्यापीठमा अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीको आयोजनामा ज्येष्ठ २५ गते बिहीबार शास्त्रीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भ‌एको छ ।

अनेरास्ववियु क्याम्पस कमिटी संयोजक दुर्गा घिमिरे ज्यूको अध्यक्षता, अनेरास्ववियु केन्द्रीय महासचिव क। नरेश रोकाया ज्यूको प्रमुख आतिथ्य, वाल्मीकि क्याम्पस कमिटी प्राचार्य प्रा. डा. भागवत ढकाल ज्यूको विशेष आतिथ्य, सहायक प्राचार्य रमा भट्टराई, प्रगतिशील प्राध्यापक सङ्गठन वाल्मीकि अध्यक्ष सह प्रा. लक्ष्मी नारायण पौडेल, उप प्रा. रमा भेटवाल, केन्द्रीय कमिटी कोषाध्यक्ष क। संगम अर्याल, अनेरास्ववियु ने.सं.वि इन्चार्ज क. निराजन पौडेल, बाग्मती प्रदेश विशेष संयोजक विशाल न्यौपाने, काठमाडौं क्याम्पस जिल्ला कमिटी इन्चार्ज सुनील कँडेल, केन्द्रीय निर्वाचन आयोग सदस्य जितप्रसाद सिटौला, अनेरास्ववियु ने.सं.वि राष्ट्रिय कमिटी अध्यक्ष राजेश घिमिरे, अनेरास्ववियु वाल्मीकि सहसंयोजक खिलचन्द्र गौतम, अनेरास्ववियु वाल्मीकि क्याम्पस निवर्तमान अध्यक्ष क. कविराज घिमिरे, क्याम्पस कमिटी पूर्व उपाध्यक्ष रविकुमार ढुंगानालगायतका अतिथिहरू रहनुभ‌एको उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा स्वस्तिवाचनका ध्वनिसहित विशिष्ट अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरेर समुद्घाटन गरिएको थियो ।

कार्यक्रमको सुरुवातमा सहसंयोजक खिलचन्द्र गौतमले स्वागत मन्तव्य राखेपछि विशिष्ट अतिथि क्याम्पस प्रमुख प्रा। डा। भागवत ढकालले शुभकामना मन्तव्य दिएका थिए । उनले आगामी दिनमा पनि बौद्धिक कार्यक्रम र रचनात्मक कार्यक्रममा क्याम्पस र आफ्नो पुर्ण सहयोग रहने स्पष्ट पारे । प्रश्नकर्ता मधु न्यौपाने ज्यूले प्रतियोगिता नियमावली प्रस्तुत गरेपश्चात् हाजिरीजवाफ प्रश्नको उद्घाटन पनि प्राचार्य ढकालले गरेका थिए । कार्यक्रमको मध्यमा अनेरास्ववियु केन्द्रीय कमिटी कोषाध्यक्ष क संगम अर्यालले अत्यन्तै सुमधुर कृतज्ञता र शुभकामना मन्तव्य राखेपश्चात् कार्यक्रम उपसंहारतर्फ अघि बढ्यो । ११ जना समूह मध्ये अन्तिममा ६ ओटा समूह मात्र अर्को राउण्डमा प्रवेश गर्ने कार्यक्रम नियमावली ढाँचाअनुरूप सोही ६ वटा टोली मध्ये उत्कृष्ट अङ्क ल्याउने समूह स्वत विजय घोषित भएको थियो । साथै कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि महासचिव नरेश रोकायाले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका निम्ति हरेक क्षण तम्तयार रहने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रमामा बिजय हुने सहित मुख्य ४ समुह यि हुन् ।

प्रथम : रुद्राक्ष पौडेल, नरेश प्र. पण्डित, सुभद्रा रिजाल
द्वितीय : सुदीप कोइराला, वेदमणी सुवेदी, रामकृष्ण कोइराला
तृतीय : सन्दीप खतिवडा, षडानन्द‌ जोशी, शिव खतिवडा
चतुर्थ : जनकराज भट्ट, सागरमणि चिमौरिया, नवीन प्र बडू


प्रकाशित : २०८० जेष्ठ २६, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप