ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

एमाले को डर, कमल थापाको भर ?

सुबाष अर्याल

दुई दुई पटक संसद विघटन र अदालतको निर्णयले सत्ता बहिर्गमन बाट रन्थनिएको एमालेले अदालतमा बिचाराधिन मुद्दामा संसद अबरुद्ध गरेको झण्डै ८ महिना पुग्यो । कानुन र संबिधान माथिनै धावा बोल्ने ओलीले चुनाव नजिकिँदै गर्दा गठबन्धनलाई धुलो चटाउने र पुनः एमालेले सत्ताको बागडोर सम्हाल्ने कुरा विभिन्न आमसभामा कार्यकर्तालाई सुनाउँदै आएका थिए ।

६५ प्रतिशत जनमत भएका गठबन्धनलाई धुलो चटाउने ओलीको भाषण कुन स्तरको मजाक थियो भन्नेबारे जान्न उनले अस्ति मात्रै जनताबाट तिरस्कृत कमल थापाको पार्टी संग चुनावी तालमेल गर्ने निर्णय गरेबाटै थाहा हुन्छ । आफुले जे बोले या गरे पनि कार्यकर्ताले ताली मात्रै पिट्ने र समर्थन गर्ने राम्रोसँग बुझेका ओलीले कमल थापा सँग तालमेल गर्दा कुनै बिचार र सिद्धान्त को तालमेल मिल्छ या मिल्दैन त्यो हिसाब लगाएनन् । न त कार्यकर्ताले नै हिसाब लगाए । तर ओली सत्तागठबन्धनको नैतिकतामाथि भने निकै हिसाब लगाउँदै ज्ञान दिईरहेका भेटिन्छन् । ओलीकै संसद विघटन गर्ने कदमबिरुद्ध एकठाउँमा उभिएका गठबन्धनको सरकार बनेको र ओलीलाई पुनः सत्तामा फर्किन नदिने र पुनः असंवैधानिक कदम चाल्न बाट रोक्न भनेर यो गठबन्धन बनेको आम मानिसको बुझाइ छ ।

तर ओली र जनस्तरमा कुनै जनमत नभएका कमल थापाको गठबन्धनको औचित्य चै के हो त्यो प्रष्ट छैन । उक्त गठबन्धन नैतिक हो या अनैतिक ओलीले कार्यकर्तालाई बताउलान् नै । तर सत्तारूढ गठबन्धन चै अनैतिक भएको ओलीले धेरै पहिले देखि कार्यकर्तालाई ब्रिफिङ गर्दै आएका थिए र कार्यकर्ताले ताली पिटेर समर्थन पनि जनाइरहेका थिए ।

काङ्ग्रेस, नेकपा एस, माओवादी, जसपा र जनमोर्चाको गठबन्धनलाई एक्लै धुलो चटाउन तयार ओलीलाई अब बिस्तारै वास्तविक धरातलको बारेमा जानकारी भएको हुुनुुपर्छ ।
गठबन्धनको ठूलै थ्रेट महसुुस गरेका ओली अहिले देशैभर गठबन्धनको लहर देखेपछि झन् अत्तालिन थालेका छन् । सत्ता गठबन्धन सँग डराएका ओलीलाई अहिले कमल थापाको भर पर्नु परेको छ । त्यसैले ‘ओली को डर, कमल थापाको भर’ भन्दा यहाँ उत्तम होला ।


प्रकाशित : २०७९ बैशाख ४, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप