काठमाडौं । दूधको बक्यौता भुक्तानी माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरकेा छन् । बुधबार उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । उनीहरूले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि बाँकी दूधको भुक्तानी माग गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटकपटक गरेको सम्झौता/सहमतिसमेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।
प्रकाशित : २०८१ असार ५, बुधबार