ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल

काठमाडौं । टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ। मंगलबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य पछाएको अफगानिस्तानले १६.२ ओभरमा अल आउट हुँदै ११४ रन मात्र बनाएको थियो। अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक ३८ रन बनाए भने अज्मतुल्लाह ओमार्जाईले २३ रन बनाएका थिए। त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले सर्वाधिक ३ विकेट लिए भने अकील हुसैन र गुडकेश मोतीले २-२ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले आक्रामक ब्याटिङ गर्दै ९८ रन बनाएका थिए। त्यस्तै जोन्सन चार्लेजले ४३, कप्तान रोभमन पावेलले २६ र शाइ होपले २५ रन बनाएका थिए। यो जितपछि समूह सी मा वेस्ट इन्डिज चारै खेल जितेर ८ अंकसहित सुपर आठमा पुगेको छ भने अफगानिस्तानले ४ मध्ये ३ खेल जितेर सुपर आठमा पुगेको छ।

अब जारी विश्वकपमा सुपर आठका खेलहरू हुने छन् । सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बङ्गलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन्। अब सुपर आठको समूह एक मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश रहेका छन् भने समूह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन्। अब सुपर आठको दुई समूहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । अब सुपर आठका खेलहरू जुन १९ देखि हुने छन्।


प्रकाशित : २०८१ असार ४, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप