३ असार, काठमाडौं । नेपाली सेनाले काठमाडौंको भद्रकालीमा सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ । भद्रकालीको पम्पमा पेट्रोल/डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्प समेत बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु झन् समस्यामा परेका छन् ।नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।
अधिकांश निजी पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो । पेट्रोल पम्पहरु खुल्दा दुई पांग्रे र चार पांग्रे सवारी साधनहरुको लामो लाइन लागेको छ । भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प अगाडि पनि सवारी साधनहरुको लामो लाइन लागेको थियो ।