काठमाडौं । दोस्रो पुनः एकीकरण परियोजनामार्फत कोरियाबाट फर्केका महिलाहरूलाई किम्ची र गिमम्वा बनाउने तालिम प्रदान गरिएको छ । काठमाडौंमा दोस्रो ‘पुनः एकिकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ परियोजनामार्फत कोरियाबाट फर्केका महिलाहरुलाई किम्ची र गिमम्वा बनाउने तालिम प्रदान गरिएको हो ।
नेपाल सरकार, इन्टरनेशनल कोअपरेसन एजेन्सी(कोइका) र कोरियाको मानव संशाधन विकाससँगको सहकार्ययमा ‘पुनः एकीकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ परियोजना सुरु गरिएको हो । जुन सन् २०२८ सम्म सञ्चालन हुने छ । गत बैसाख १८ गते पहिलो ‘पुनः एकीकरण सम्बन्धि जानकारी तथा अभिमुखिकरण तालिम’ गरिएको थियो । भने, उक्त परियोजनाकै दोस्रो पुनः एकिकरण तालिम कोरिया रिटर्न महिलाहरुलाई प्रदान गरिएको हो । बिहीबारकाे दोस्रो पुन एकिकरणमा जंग यो ठीकले कोरियाबाट फर्केका महिलाहरुलाई किम्ची र गिवाव बनाउन सिकाइन् । महिलाहरुलाई नेपालमा सजिलै उपलब्ध हुने रायो र मुलाबाट उक्त किम्ची र गिवाव बनाउन सिकाइएको थियो ।