काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आफ्नो पाँचौँ कार्यकालको पहिलो विदेश भ्रमण चीनबाट गरेका छन् । रुसी विश्व च्यानल का अनुसार पुटिन आजै बेइजिङ ओर्लिएका छन् । सन २०२३ मा नयाँ कार्यकालको लागि राष्ट्रपति चयन भएको दश दिन पछि सी रुस पुगेका थिए । पुटिन पनि नयाँ कार्यकालको दश दिन पुगे लगत्तै चीन पुगेका हुन् ।
जनवादी गणतन्त्र चीन स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पुटिन चीन पुगेको बताइएको छ । ब्रिक्स्, युरासियन इकोनोमिक युनियन तथा संयुक्त राष्ट्रसंघ आदिका बारेमा सी र पुटिनले वार्ता हुने बताइएको छ । चीन ओर्लिएका पुटिनले रुस र चीनको सहकार्यले अरू मुलुकहरूलाई चुनौती नहुने बताएका छन् । आजै पुटिनले चिनियाँ समकक्षी सी चिन फिङसँग वार्ता गरेर विभिन्न बुँदामा सहमति पत्रमा दुई देशले हस्ताक्षर गरेका छन् ।